सहकारीकाे भल्ट र काउण्टर तोडफोड गरि नगद चोरी

२०७९, ३१ जेष्ठ मंगलवार १९:०९

पाल्पा ३१ जेठ ।

बगनासकाली बहुउद्देश्य सहकारी संस्था लिमिडेटबाट नगद रकम चाेरी भएकाे छ । सहकारीको कार्यालय कोठामा रहेको भल्ट र काउण्टर तोडफोड गरि नगद चोरी भएको सहकारीका अध्यक्ष कृस्ण भुसालले वताउनु भयाे । सहकारीका अनुसार बगनासकाली गाउँपालिका – ८ डढुवाडाँडा स्थितमा रहेकाे सहकारी संस्थाबाट नगद ५ लाख २७ हजार ३ सय ७३ रुपैयाँ चोरी भएको हाे ।

साङ्केितक तस्विर

जिल्ला प्रहरी कार्यालय पाल्पा र अस्थायी प्रहरी चौकी भुसलडाँडाबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुको साथै थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाेछ । दोषी पत्ता लगाइ कारबाहीको माग गर्दै सहकारीले निवेदन पेस गरिसकिएको जनाएकाे छ।

Comments

ताजा खबर