जबरजस्ती करणीको प्रयास गर्ने पुरुष प्रहरी नियन्त्रणमा

२०७९, २८ जेष्ठ शनिबार २०:५४

पाल्पा, २८ जेठ ।
युवतीलाई जबरजस्ती करणीको प्रयास गर्ने एक युबकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १८ वर्षीया महिलालाई जबरजस्ती करणीको प्रयास गर्ने तानसेन नगरपालिका वडा नम्बर १२ चण्डिभञ्याङ बस्ने २६ वर्षिय राजु वि.क. लाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका बि.क. ले तानसेन नगरपालिका वडा नम्बर ५ गाईखर्कमा युवतीलाई जबरजस्ती करणीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार बिहिबार बिहानको समयमा जबरजस्ती करणीको प्रयास गरेपछि युवतिले स्थानीयमार्फत प्रहरीलाई जानकारी दिएको र सोही आधारमा पक्राउ गरी थप अनुसन्धान कार्य जारी भई रहेको छ ।

Comments

ताजा खबर