घरेलु टोली विजय युथ क्लब फाइनल प्रवेश-मकवानपुर गोल्डकप

२०७९, २७ जेष्ठ शुक्रबार २१:४०

मकवानपुर: मकवानपुरको हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबलमा घरेलु टोली विजय युथ क्लब हेटौंडा फाइलनमा प्रवेश गरेको छ । आजबाट सुरू भएको सेमिफाइनल खेलमा बिजयी हुँदै विजय युथ क्लबले फाइनलको यात्रा तय गरेको हो ।

हेटौंडा–५ को पिप्ले रंगशालामा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई शुन्यविरुद्ध एक गोल अन्तरले पराजित गर्दै घरेलु टोली विजय युथ क्लब फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगितामा विजय युथका विदेशी खेलाडी पेपेले गरेको गरेको गोल नै निर्णायक बनेको थियो । खेलको म्यान अफ दि म्याच घोषित हुँदै उनले नगद १० हजार प्राप्त गरे । विजय युथले अब भोलि हुने प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलको विजेतासँग जेठ ३० गते फाइनल खेल खेल्नेछ ।

दोस्रो सेमिफाइनल खेलमा भोलि अन्तर्राष्ट्रिय क्लब एनिनियर एफसी क्यामरुन र त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुने छ । प्रतियोगिताको विजेताले उपाधिसँगै १५ लाख रुपैयाँ नगद र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै व्यक्तिगत विधामा उत्कृष्ट हुनेलाई पनि २५ हजार नगद र ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले बुलेट मोटरसाइकल प्राप्त गर्नेछ । प्रतियोगितामा देशका शीर्ष क्लबसहित १२ टोलीको सहभागिता रहेको छ ।

Comments

ताजा खबर