दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता

२०७९, २३ जेष्ठ सोमबार १९:०४

काठमाडौं । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए ।

फाइल फोटो

उनका अनुुसार दुई दिन बिदा दिने निर्णय फिर्ता भएको छ । यो निर्णय असार १ गतेदेखि लागु हुनेछ । यसअघि सरकारले परीक्षणकालका लागि भन्दै जेठ १ गतेदेखि दुई दिन बिदा दिने निर्णय गरेको थियो

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु