एकीकृत समाजवादी का नयाँ मन्त्रीको शपथग्रहण हुँदै

२०७९, २३ जेष्ठ सोमबार १०:०७

काठमाडौँ – सोमबार हुन लागेको मन्त्रीमण्डल हेरफेरमा नेकपा (एकीकृत समाजवादी) का नयाँ मन्त्रीले शपथग्रहण गर्ने भएका छन्।

सत्ता साझेदार दल नकपा (एकीकृत समाजवादी) ले मन्त्रीमण्डलमा रहेका ४ मन्त्रीलाई फिर्ता बोलाएर नयाँ ४ मन्त्रीको नाम सरकारसँग सिफारिस गरिसकेको छ ।

सोहीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल हेरफेर गर्ने जनाएका छन्। सोमबार दिउँसो नयाँ मन्त्रीहरुले शपथग्रहण गर्ने कार्यक्रम रहेको छ । आईतबार बसेको पार्टीको सचिवालय बैठकले जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानी खापुङ, हीरा केसीलाई मन्त्रीका लागि सिफारिस गरेको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु