आज नेपालले अमेरिकामा दोस्रो अभ्यास खेल खेल्दै

२०७९, २१ जेष्ठ शनिबार ११:०२

काठमाडौँ: अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज दोस्रो अभ्यास खेल्दैछ । नेपालले ह्युस्टन हरिकेन्सविरुद्ध दोस्रो अभ्यास खेल खेल्न लागेको हो । खेल नेपाली समय अनुसार राति ९:१५ प्रेरी भ्यू क्रिकेट कम्पलेक्समा हुनेछ । नेपालले यस अघि पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्सबिरुद्ध ४ विकेटको पराजय भोगेको थियो ।

नेपाली टिम आईसीसी पुरुष विश्वकप लिग डिभिजन-२ अन्तर्गतको एकदिवसीय सिरिजका लागि अमेरिका पुगेको हो । अमेरिकामा नेपालले डिभिजन-२ अन्तर्गत नेपालले घरेलु टोली अमेरिका र ओमानविरुद्ध त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ ।

नेपालले पहिलो खेल ओमानविरुद्ध जुन ९, दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११, तेस्रो खेल ओमानविरुद्ध जुन १४ र अन्तिम खेल अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु