एलपी ग्यासमा भन्दा विद्युतीय चुल्होमा खाना पकाउँदा सस्तो पर्ने नेपाल विद्युत प्राधिकरण

२०७९, २० जेष्ठ शुक्रबार १६:१३

झापा । एलपी ग्यासमा भन्दा विद्युतीय चुल्होमा खाना पकाउँदा ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म सस्तो पर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । त्यसैलाई आधार बनाएर सरकारले आगामी आर्थिक वर्षमा ‘एक घर एक विद्युतीय चुल्हो’ वितरण गर्ने घोषणा गरेको छ । आउँदो आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रत्येक परिवारलाई एउटा विद्युतीय चुल्हो अनुदानमा दिने घोषणा गर्नुभएको हो ।

यो कार्यक्रम स्थानीय तहमार्फत लागू हुनेछ । सर्वसाधारणले आफ्नो गाउँपालिका वा नगरपालिकाको माध्यमबाट अनुदानको विद्युत्तीय चुल्हो प्राप्त गर्न सक्नेछन् । विद्युतको पहुँचबाहिर रहेका घरपरिवारको हकमा धुवाँमुक्त भान्छा अभियानअन्तर्गत सुधारिएको चुल्हो वितरण गरिनेछ । सरकारलाई हरेक घरमा विद्युतीय चुल्हो पु¥याउनु अघि विद्युत पु¥याउनुपर्ने चुनौति पनि छ ।

दुई वर्ष भित्र विद्युत र एकवर्ष भित्र विद्युतीय चुल्हो पु¥याउने बजेटमै गरिएको घोषणा व्यवहारिक नदेखिएपनि भारतबाट आयात गरी अनुदानमा बिक्री गर्दै आएको खाना पकाउने एलपी ग्यासको प्रयोग निरूत्साहित गर्ने नीतिअनुरूप विद्युतिय चुल्हो र सुधारिएको चुल्हो प्रवद्र्धन गर्ने सरकारले घोषणा गरेको हो । गत आर्थिक वर्षमा चार लाख ७७ हजार सात सय ५२ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको थियो । यसको लागि १५ अर्बभन्दा धेरै खर्च भएको नेपाल आयल निगमको तथ्याङ्क छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु