हेलिकप्टरमा दुई पाइलट अनिवार्य गर्ने

२०७९, १८ जेष्ठ बुधबार १०:५३

काठमाडाैँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले एउटा इन्जिन भएको हेलिकप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ।

एउटा मात्रै इन्जिन भएको हेलिकप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीपकुमार अधिकारीले जानकारी दिए।

पाइलट बेहोस हुने तथा अरू स्वास्थ्य समस्याका कारण हुन सक्ने दुर्घटनालाई मध्यनजर गरेर दुई पाइलटको व्यवस्था अनिर्वाय गर्न लागिएको उनले बताए।

अहिले नेपालमा दुईवटा इन्जिन भएका हेलिकप्टर र हवाइजहाजमा मात्रै दुई पाइलट अनिवार्य हुनुपर्ने व्यवस्था छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु