प्रि ओपन सेसन अपडेट, साढे ४ अंक घट्यो नेप्से

२०७८, २२ फाल्गुन आईतवार ११:०२

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बुधबार ६३.५४ अंक घटेर २५४७.०४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.४८ अंक घटेर २५४२.५७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.६९ अंक घटेको छ।

आइतबार प्रि ओपन सेसनमा ९ स्टकको २२ लाख ५५ हजार ८७१ रुपैयाँ ४० पैसा बराबरको ४ हजार २५७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये कुनै पनि स्टकको मूल्य बढेको छैन भने ६ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Comments

ताजा खबर