सारेगमप लिटिल च्याम्प्स नेपाल पहिलो सिजनको विजेता कृपा पौडेल भएकी छन्। आइतबार बिहान २ बजे भएको घोषणामा उनी दर्शक/श्रोताको भोटिङको आधारमा विजेता घोषित भएकी हुन्।
प्रतियोगितामा दावेदार मानिएका आदित्य विश्वकर्मा सेकेन्ड रनरअप र रोशा फुयाल फस्ट रनरअप भए। अभिज्ञा घिमिरे र अरुण सुनार टप फाइभ भित्र पर्न सफल भए
कार्यक्रमका अन्तिम पाँच प्रतिस्पर्धीलाई गीत रेकर्ड तथा म्युजिक भिडियो, नेपालका साथै वल्र्ड टुर तथा कक्षा १२ सम्मको अध्ययनको व्यवस्था मिलाउने आयोजकले जनाएको छ । ग्यालेक्सी फोर के टेलिभिजनबाट प्रसारण भएको रियालिटी शोको निर्णायकमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी रहेका थिए । त्यस्तै १५ जना गायक–गायिका ग्राण्ड जुरीको भूमिकामा थिए ।