के कारणले तरलता भएको हो?

२०७८, २३ माघ आईतवार १५:२१

काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनका पूर्व अध्यक्ष तथा नविल बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र पौडेलले नियामक निकाय तथा बैंकहरु दुबैको कमजोरीका कारण बजारमा तरलता अभावको समस्या चर्किएको बताएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुका अध्यक्षहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले आयोजना गरेको तरलता अभावको कारण सम्बन्धी पत्रकार सम्मेलनमा पौडेलले यस्तो बताएका हुन् । उनले राष्ट्र बैंकले लिएको नीति र नाफा बढाउनै पर्ने बैंकहरुको दबाबका कारण बजारमा तरलता अभाव बढेर गएको उनको भनाई छ ।

‘रेमिटान्ससँगै विकृति पनि भित्रिएको छ, रेमिटान्स बढ्दा आयात पनि बढ्यो, बैंकहरुलाई पनि पुँजी बृद्धिको अनुपातमा नाफा बढाउनु पर्ने दबाब सिर्जना भयो, यस्तै कारणले तरलता अभाव भएको हो,’ अध्यक्ष पौडेलले भने ।
सीबीफीनले तरलता अभाव सम्बन्धमा एक समिति बनाएर अध्ययन गराएको थियो । सो अध्ययन समितिको संयोजक पौडेल थिए । सीबीफीनले सो प्रतिबेदन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बुझाइसकेको छ । सोही प्रतिवेदन सार्वजनिक गर्नको लागि सीबीफीनले पत्रकार सम्मेलन आयोजना गरेको हो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु