मधेश प्रदेश सरकारले एक जना राज्यमन्त्री थप

२०७८, २३ माघ आईतवार १४:४७

जनकपुरधाम: मधेश प्रदेश सरकारले एक जना राज्यमन्त्री थप गरेको छ । नेकपा (एकीकृत समाजवादी)का सांसदलाई राज्यमन्त्री बनाइएको हो ।
आज (आइतबार) बिहान एकीकृत समाजवादीका सांसद नागेन्द्र राय यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको शपथ गराइएको छ ।
प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले यादवलाई राज्य मन्त्रीको शपथ गराएका हुन् । त्यस अवसरमा सभामुख सरोज कुमार यादव र केही मन्त्रीहरूको सहभागिता रहेको थियो ।

Comments

ताजा खबर