गायिका लता मंगेशकरको निधन

२०७८, २३ माघ आईतवार १३:३५

एजेन्सी ।भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ ।

मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो । मंगेशकर करिब एक महिनादेखि अस्वस्थ रहेकी थिइन् । ८ जनवरीमा उनलाई कोरोना संक्रमण भएको थियो । लतालाई कोरोनासंगै निमोनिया पनि भएको थियो ।

उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । उनले थुप्रै नेपाली गीतहरु पनि गाएकी छन् ।

Comments

ताजा खबर