साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनाे अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १४.६० अंक घटेर २८७६.७४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.३० अंक बढेर २८७७.०४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५० अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा १४ कम्पनीको १ करोड ९७ लाख ९१ हजार ७८७ रुपैयाँ ३० पैसा बराबरको २९ हजार ९२५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ५ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
Comments