व्याज आम्दानी बढे पनि विजय लघुवित्तको खुद नाफा घट्यो

२०७८, २३ माघ आईतवार ०९:५२

काठमाडौं: विजय लघुवित्त वित्तिय संस्था लिमिटेड (VLBS) ले आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस त्रैमास सम्ममा रु.६.८४ करोड खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा ६.११% ले कमी रहेको छ। खुद नाफा घटेसँगै कम्पनीको प्रति शेयर आम्दानी रु.५४.७० बाट घटेर रु.४२.७९ कायम हुन आएको छ।

व्याज आम्दानीमा उलेख्य २३.१८% को वृद्धि, कुल संचालन आयमा २३.८१% को वृद्धि तथा संचालन नाफामा १२.३८% को वृद्धि आए पनि संभावित नोक्सानी व्यवस्था फिर्तामा कमी आएकोले कम्पनीको खुद नाफा घटेको हो।

रु.३२ करोड चुक्ता पूंजी रहेको लघुवित्तको जगेडा तथा कोष ४९.८४% ले बढेर रु.१९.२४ करोड पुगेको छ। हाल जगेडा तथा कोष र चुक्ता पूंजीको अनुपात ६०.१३% रहेको छ। यस्तै, लघुवित्तको कुल शेयरधनीकोष वृद्धि भएर रु.५१.२४ करोड कायम भएको छ। शेयरधनीकोष बढे सँगै कम्पनीको प्रति शेयर किताबी मुल्य पनि रु.१४८.१७ बाट बढेर रु.१६०.१३ कायम हुन आएको छ।

राष्ट्रिय स्तरमा कारोबार गर्ने लघुवित्तले व्यवसाय तर्फ उलेख्य प्रगति गरेको छ। दोश्रो त्रैमासमा विभिन्न बैंक वित्तिय संस्थाहरु बाट रु.३.१० अर्ब कर्जा सापट र ग्राहक सदस्यहरुबाट रु.१.०३ अर्ब निक्षेप संकलन गरी कुल रु.४.१४ अर्ब पूंजी परिचालन गरी रु.४.५९ अर्ब कर्जा प्रवाह गरेको छ। पूंजी परिचालन र कर्जा प्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमश १०% र १२.९६% को वृद्धि रहेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु