विजयादशमी : टीका-जमरा लगाइँदै (तस्बिर सहित)

२०७९, १९ आश्विन बुधबार १९:५३

काठमाडौँ: दुर्गापक्षको मुख्य दिन आज विजयादशमीको दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको टिका लगाउन घर-घरमा सुरु गरिएको छ । टीका प्रसाद ग्रहण गर्ने साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:५१ बजेको साइत उत्तम रहेको जनाएपछि सबैले घर-घरमा लगाउन थालेका हुन् ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।



Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु