जिपको ठक्करबाट श्रीमान्‌को मृत्यु श्रीमती घाइते

२०७९, १९ आश्विन बुधबार १९:४८

चितवन: चितवनमा जिपको ठक्करबाट श्रीमान्‌को मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छिन् । भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १५च ७४७९ नम्बरको जिपले मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०२–०३६ प ११७४ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा मोटरसाइकलमा सवार पर्वतको महाशिला गाँउपालिका–५ का ४८ वर्षीय मित्रलाल पंगेनीको मृत्यु भएको हो ।

टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मित्रलालकी श्रीमती ४० वर्षीया राधा घाइते भएकी छिन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु