प्रचण्ड आज राती जापान जाँदै

२०७९, २० श्रावण शुक्रबार १२:३९

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार राती जापान जाँदैछन्।

राती साढे १० बजे प्रचण्ड जापान उड्ने उनको सचिवालयले जनाएको छ।

नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान जान लागेका हुन्। उनी साउन २५ मा स्वदेश फर्किनेछन्।

जापानमा प्रचण्डले राजनीतिक भेटघाट गर्नेबारे भने केही टुंगो भएको छैन।

प्रचण्डले यसअघि असार अन्तिममा भारतको भ्रमणमा गएका थिए।

Comments

ताजा खबर