प्रथम एनआरएनए फुटसल रनिङ कप टोकियो मा सम्पन्न ।

२०७९, १६ जेष्ठ सोमबार १६:०८

जापान । प्रथम एनआरएनए फुटसल रनिङ कप २०२२ को उपाधि नेपाल यूनाईटेडले उपाधी जितेको छ ।

मे २९ तारिख आईतवार NRNA जापानको आयोजनामा भएको प्रथम एनआरएनए रनिङ कप २०२२ को उपाधि नेपाली यूनाईटेडले प्रथम भई पाँच लाख येनसहित कप र रनिङ सिल्ड चुमेको थियो ।

जापानको टोकियो फुजीमोरी फुट्सल पार्क भएको फुटसल रनिङ कपमा नेपाली यूनाईटेड र काभ्रेली समाज वाईट फाईनल खेलमा बराबरीमा रोकिएपछी पेनाल्टीमा नेपाली यूनाईटेडले २ का विरुद्ध ३ गोलले काभ्रेली वाईटलाई पराजित गरेको थियो ।

त्यसैगरी दोस्रो हुने काभ्रेली वाईट टिम दुई लाख पचास हजार र कप, तेस्रो हुने काभ्रेली समाज ओरेन्जलाई ७० हजार र कप पुरस्कार हात पार्न सफल भएके छ । साथै अन्य विभिन्न विधामा पुरस्कार खेलाडीहरुलाई शिल्ड र सम्मान पत्र प्रदान गरिएको थियो । जापान भरिको खेलप्रेमीलाई समेटेर प्रथम एनआरएनए फुट्सल रनिङ कप २०२२ मा ३५ टिमसहित ४ सय नेपाली खेलाडी सहभागि भएको थियो । पुरस्कार वितरण कार्यक्रम एनआरएनए आईसीसी उपमहाचिव ओम गुरुङ,एनआरएनए एशिया डिआरसी ददिवल खड्का, नेपाली ब्यवसायी संघका अध्यक्ष विजय थकाली ले पुरस्कार वितरण गरिएको  थियो ।

एनआरएनए जापान अध्यक्ष शिबप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण कार्यक्रम महासचिव सिद्धार्थ श्रेष्ठले संचालन गर्नु भएको थियो 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु