Warning: Creating default object from empty value in /home/gorkhali/public_html/wp-content/themes/luklanews/inc/ReduxCore/inc/class.redux_filesystem.php on line 29
भारतीय नागरिकलाई हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा नगदसहित पक्राउ – Gorkhali Voice

भारतीय नागरिकलाई हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा नगदसहित पक्राउ

२०७९, १३ जेष्ठ शुक्रबार ११:१३

पर्सा: प्रहरीले एक भारतीय नागरिकलाई हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा नगदसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार पूर्वी चम्पारण जिल्ला बेतिया थाना गुर्वालिया कचहरी वडा नं ४ बस्ने ४१ वर्षीय सञ्जय राम छन् ।

रामलाई वीरगन्ज–१६ स्थित इनर्वा प्रहरी चौकीको चेकिङ टोलीले नेपाल–भारत सीमास्थित शंकराचार्य गेटमा बुधबार साँझ करिब ६ बजे पक्राउ गरेको हो । भारतको रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको प्रदेश ३–०२–०११ प ८६२७ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा रामले प्लास्टिकको झोलाभित्र लुकाई छिपाई राखेको स्रोत नखुलेको ९ लाख ५० हजार रुपैयाँ बरामद भएको थियो ।
रामलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु