आज पनि नीति तथा कार्यक्रममाथि छलफल हुने, बाँकी सांसदले आफ्नो विचार राख्ने

२०७९, १३ जेष्ठ शुक्रबार ११:०८

काठमाडौं: संघीय संसदमा आज शुक्रबार पनि सरकारले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ । संसद बिहान ११ बजेदेखि सुरु हुने कार्यसूची छ ।

छलफलको पहिलो दिन बिहीवार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, भीव रावल, प्रदीप ज्ञवालीले आफ्नो नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखेका थिए । त्यस्तै, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ, स्वतन्त्र सांसद् हृदयश त्रिपाठीलगायतले आफ्नो विचार प्रस्तुत गरेका थिए ।

आजको बैठकमा समय लिएका बाँकी सांसदहरुले बोल्ने पालो पाउनेछन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु