काठमाडौंका नवनिर्वाचित मेयर वालेन्द्र साहको धन्यवाद र्‍‍याली

२०७९, १३ जेष्ठ शुक्रबार १०:३४

काठमाडौँ — काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साहलाई बधाई दिनेको ओइरो लागेको छ । उनका समर्थकहरुले बधाई र्‍याली आयोजना गरेका छन् । शुक्रबार बिहान प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा निर्वाचन आयोगबाट मेयरमा निर्वाचित भएपछि साहले प्रमाणपत्र लिएका थिए । त्यसपछि उनका समर्थकहरुले उनी मेयरमा निर्वाचित भएकोमा उनको टिम र समर्थकहरुले बधाई र्‍याली आयोजना गरेका हुन् । मतदान गर्ने सबैलाई धन्यवाद दिन उनको टिमले मेयर साहलाई काठमाडौंका मुख्य मुख्य सडकहरुमा परिक्रमा गराउँदै छ ।

नवनिर्वाचित मेयर वालेन्द्र साहले स्थानीय तहमा आफ्नो जितलाई विजय नभएर कामको सुरुवातको रुपमा लिएको बताएका छन् । ‘आजबाट यसलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएका छौं । हामी अबका दिनमा भिजन, एजेन्डालाई कार्यान्वयन र सम्पन्न गर्नेतिर लाग्नेछौं,’साहले भने ।
Comments

ताजा खबर