पेट्रोलियम पदार्थको मल्यवृद्धि फिर्ता लिन विद्यार्थी संगठनहरूको माग

२०७९, १२ जेष्ठ बिहीबार ०७:२२

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको माग गर्दै विद्यार्थी संगठनहरूले शीर्ष नेताहरूलाई भेटेका छन्।

विद्यार्थी संगठनका नेताहरूले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालसँग भेट गरेका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग प्रचण्ड र नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्वि तत्काल फिर्ता लिन र पेट्रोलियम पदार्थमा लगाइएको अनावश्यक कर मिनाहा गर्न आग्रह गरेको अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले बताए।

संगठनहरूले उठाएको माग छिट्टै पूरा हुने आश्वासन आफूहरूले पाएको पनि पुनले बताए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु