विश्वकै होचा तन्नेरीको कीर्तिमान डोरबहादुर खपाङ्गी

२०७९, ११ जेष्ठ बुधबार १५:१७

काठमाडौं। सिन्धुलीको गोलन्जोर गाँउपालिका– ४ निवासी डोरबहादुर खपाङ्गी विश्वकै होचो किशोरको रुपमा विश्व कीर्तिमान बनाएका छन्।

७३.४३ सेन्टिमिटर अर्थात २ फिट ४.९ इन्च अग्ला १८ वर्षका खपाङ्गीले संसारकै होचा किशोर (टीनएजर) को रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका हुन्।

उनलाई मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डसको प्रमाणपत्र हस्तान्तरण गरिएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु