यौन दुर्व्यवहार प्रकरणमा थप एक शिक्षक पक्राउ

२०७९, १० जेष्ठ मंगलवार २०:३८

काठमाडौं: ​ यौन दुर्व्यवहार प्रकरणमा काठमाडौंको चावहिलस्थित रहेको सेन्ट लरेन्स कलेजका थप एक शिक्षक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही कलेजका अर्का शिक्षक राजनकुमार पौडेल रहेको महानगरी प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतले बताए ।कलेजका संयोजक समेत रहेका समाजिक विषय अध्यापन गराउने शिक्षक जर्नादन अधिकारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा यसअघि नै प्रहरीले पक्राउ गरेकाे छ ।

मंगलबार गौशाला प्रहरी बृत अगाडि उक्त कलेजका विद्यार्थीले प्रर्दशन गरेका थिए। प्रहरी वृत गौशालाका अनुसार उनीहरुविरुद्ध कक्षा ११ मा पढ्ने तीन जना विद्यार्थीले उजुरी दिएका छन्। पीडित विद्यार्थीले अभिभावकलाई घटनाको बारे बताएपछि मंगलबार उक्त घटना सार्वजनिक भएको हो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु