Warning: Creating default object from empty value in /home/gorkhali/public_html/wp-content/themes/luklanews/inc/ReduxCore/inc/class.redux_filesystem.php on line 29
झापाको गौरीगन्ज गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा महिला निर्वाचित – Gorkhali Voice

झापाको गौरीगन्ज गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा महिला निर्वाचित

२०७९, ९ जेष्ठ सोमबार १०:१३

झापा – गौरीगञ्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दुवै जना महिला निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसकी उम्मेद्वार फुलवती राजवंशी अध्यक्षमा निर्वाचित भएकी छन् ।

यस्तै, नेकपा एमालेको उम्मेद्वार पुजन न्यौपाने उपाध्यक्षमा निर्वाचित भएकी छन् ।

आइतबार राति सार्वजनिक अन्तिम मत परिणाममा अध्यक्षमा निर्वाचित राजवंशीले एमाले उम्मेदवार विजयकुमार अग्रवाललाई २ हजार ३ सय ५९ मतान्तरले पराजित गरेकी हुन् ।

राजवंशीले ५ हजार ६ सय ८९ तथा पराजित अग्रवालले ३ हजार ३ सय ३० मत पाएका थिए ।

गाउँपालिकाको उपाध्यक्षमा एमालेकी कुँवरले कांग्रेसका मखना महतोलाई ९ सय ३० मतान्तरले पराजित गरिन् । न्यौपानेले ४ हजार ७ सय ५५ तथा महतोले ३ हजार ७ सय ९५ मत पाएका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु