रुख बसमाथि ढल्दा ५ यात्रु घाइते

२०७९, ६ जेष्ठ शुक्रबार २०:०७

कैलाली: गुडिरहेको बसमाथि रुख ढल्दा पाँच यात्रु घाइते भएका छन् । लम्कीचुहा नगरपालिका –८ गप्कामा गुडिरहेको बसमाथि रुख ढल्दा बसमा सवार पाँच जना यात्रु घाइते भएका हुन् ।

हावाहुरीका कारण से १ ख १८०६ नम्बरको बसमा एक्कासी रुख ढलेको हो । रुख ढलेपछि बसमा क्षति पुगेको छ भने घाइते यात्रुहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ । रुख ढलेर विद्युत तारमा पनि क्षति पुगेको छ । सो क्षेत्रमा विद्युत अवरुद्ध भएको छ ।

Comments

ताजा खबर