तानसेनको प्रमुख तथा उप प्रमुखमा काग्रेसका उम्मेदवार विजयी

२०७९, ३ जेष्ठ मंगलवार २१:५६

दुवै उम्मेदवार लामो समय सम्म सहकर्मीका रुपमा प्राध्यापन पेशामा रहनुभएका प्राज्ञिक व्यक्तिहरु हुनुहुन्थ्यो । यसैले यहाँको चुनावलाई रोचक अर्थमा हेरिएको थियो ।

भविन्द्र गौतम
तानसेन, ३ जेठ । निकै महत्वका साथ हेरिएको पाल्पाको सदरमुकाममा रहेको तानसेन नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । नेपाली काग्रेसका नगर प्रमुख उम्मेदवार सन्तोषलाल श्रेष्ठले ११ हजार २ सय ७३ मत ल्याएर नगर प्रमुख पदमा विजयी हुनुभयो । नगर प्रमुख पदमा निकटतम प्रतिद्धन्द्धी रहनुभएका नेकपा एमालेका धनेन्द्रराज घिमिरे लाई १० हजार ३ सय ९४ मत प्राप्त भयो । आठ सय ७९ मतान्तरले नेकपा एमालेका नगर प्रमुख उम्मेदवार घिमिरे पराजित हुनुभयो । दुवै उम्मेदवार लामो समय सम्म सहकर्मीका रुपमा प्राध्यापन पेशामा रहनुभएका प्राज्ञिक व्यक्तिहरु हुनुहुन्थ्यो । यसैले यहाँको चुनावलाई रोचक अर्थमा हेरिएको थियो ।

नगरपालिकाको उप प्रमुखमा पनी नेपाली काग्रेस विजयी भएको छ । उप प्रमुख पदमा नेकपा माओवादी केन्द्रकी प्रतिक्षा सिंजाली गाहा विजयी हुनुभयो । सिंजाली माओवादी केन्द्रकी उम्मेदवार भएपनि उहाँले रुख चिन्ह लिएर चुनावी मैदानमा उत्रिनुभएको थियो । गठबन्धनबाट उप प्रमुखको उम्मेदवार रहेकी नेकपा माओवादीकी सिंजालीले ११ हजार १ सय ५१ मत ल्याई विजयी हुनुभयो । उप प्रमुख सिंजालीकी निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी शशी श्रेष्ठलाई १० हजार ३ सय ७२ मत प्राप्त भयो । उप प्रमुख पदमा सात सय ७९ मतान्तरले नेकपा एमालेकी उम्मेदवार श्रेष्ठ पराजित हुनुभयो ।

विजेता नगर प्रमुख सन्तोषलाल श्रेष्ठ र उप प्रमुख प्रतिक्षा सिंजाली

तानसेन नगरपालिकाकोे वडा नंं १ बाट सुनिल कुमार बस्याल, वडा नंं २ बाट महेश्वरलाल श्रेष्ठ, वडा नंं ३ बाट बाबुरत्न शाक्य, वडा नंं ४ बाट हेमन्तराज शाक्य, वडा नंं ५ बाट रामबहादुर रावल, वडा नंं ६ बाट सागरमान महर्जन, वडा नंं ७ बाट प्रदिप खनाल, वडा नंं ११ बाट यादव बहादुर कार्की, वडा नंं १२ बाट मेजर सिंह केसी र वडा नंं १३ बाट टुक प्रसाद भट्टराई सहित ११ वटा वडामा गठवन्धन गरेर चुनावमा उत्रिएका उम्मेदवार विजयी भए ।


यस्तै तानसेन नगरपालिकाको वडा नंं ८ बाट सोमनाथ अर्याल, वडा नंं ९ बाट राजेश कुमार अर्याल, वडा नंं १० बाट हिमलाल पंगेनी र वडा नंं १४ शोभाखर भट्टराई समेत ४ वटा वडामा नेकपा एमाले बाट उम्मेदवारी दिएका उम्म्ेदवार विजयी भएका छन ।
२०७४ सालको स्थानीयतह निर्वाचनमा नेकपा एमाले नगर प्रमुख, उप प्रमुख सहित ८ वडामा जित हासिल गरेको थियो भने, अहिलेको निर्वाचनमा नेकपा एमाले ४ वटा वडामा मात्र सिमित भएको छ ।

 

Comments

ताजा खबर