नेकपा एमाले बिर्तामोड नगर कमिटीले बिहीबारदेखि घरदैलो कार्यक्रम सुरु

२०७९, २२ बैशाख बिहीबार २१:४०

बिर्तामोड,  नेकपा एमाले बिर्तामोड नगर कमिटीले बिहीबारदेखि घरदैलो कार्यक्रम सुरु गरेको छ ।

स्थानीय तहको निर्वाचन नजिकिएसंगै एमालेको तर्फबाट नगर प्रमुखका उम्मेदवार पवित्रा महतारा प्रसाई,उपप्रमुखका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलासहित घरदैलो कार्यक्रम सुरु गरेको हो ।
घरदैलो कार्यक्रम बिहीबार वडा नम्बर ५ मा केन्द्रित रहेको निर्वाचन प्रचारप्रसार समितिका संयोजक राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण शिवाकोटीले जानकारी दिए । उम्मेदवारहरुले सबैका घर,पसलमा पुगेर एमालेलाई मतदान गर्न आग्रह गरिरहेको उनले बताए ।

घरदैलो कार्यक्रममा वडाध्यक्षका उम्मेदवार राजेन्द्रप्रसाद लिङ्देन, महिला सदस्य शान्ता रोका क्षेत्री,दलित महिला सदस्य मालती विश्वकर्मा,सदस्यहरु ओमभक्त सेडाई र दुर्गाप्रसाद सिवाकोटी पनि सहभागी छन् ।

एमालेले बुधबार वडा नम्बर १० मा पुगेर बैशाख १२ गते वडा नम्बर १ देखि शुरु गरेको चुनावी प्रचार अभियानअन्तर्गत कोणसभाको पहिलो चरण सम्पन्न गरेको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु