कमिसनको चक्करमा अर्बौंको औषधि खरिद गर्ने तयारी

२०७९, २० बैशाख मंगलवार १५:३८

मकवानपुर: संघीय सरकारका स्वास्थ्यमन्त्री विरोध खतिवडाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको आरोपको खण्डन गरेका छन् । ओलीले मे दिवसको दिन हेटौंडामा आयोजित चुनावी सभामा सम्बोधनको क्रममा स्वास्थ्य मन्त्री खतिवडाले कमिसनको चक्करमा अर्बौंको औषधि खरिद गर्ने तयारी गरेको आरोप लगाएका थिए ।

हेटौंडामा सञ्चारकर्मीसँग कुराकानीका क्रममा मन्त्री खतिवडाले भने, ‘निर्वाचन आचारसंहिता लागू भए पनि नेपाल सरकारले वार्षिक बजेटमा ल्याएका कार्यक्रमहरु रोकिँदैनन् । निर्वाचन आयोगले पनि रोक्दैन । बजेटमा परेको सबै काम हुन्छन् । चुनावको समयमा अस्पताल वा सडक निर्माण नहुने भन्ने हुँदैन ।’

स्वास्थ्य मन्त्री खतिवडाले पूर्वप्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै भने,‘चुनावको समयमा बिरामीले औषधि खानुपर्दैन ? अस्पताल चाहिँदैन ?’

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु