नेपाल राष्ट्र बैंकले गाडी, रक्सि र कस्मेटिकका समान आयात रोक्न बैंकका सिईओहरुलाई निर्देशन

२०७८, २२ चैत्र मंगलवार ०८:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकले गाडी, रक्सि र कस्मेटिकका समान आयात रोक्न बैंकका सिईओहरुलाई निर्देशन दिएको छ ।
सोमबार २७ वटै बाणिज्य बैंकका सिईओहरुलाई बोलाएर राष्ट्र बैंकले निजी सवारी साधन, रक्सी र कस्मेटिकका समानहरु आयात रोक्न मौखिक निर्देशन दिएको हो ।

‘गाडी, रक्सी र कस्मेटिक आइटमको आयात रोक्नका लागि मौखिक निर्देशन प्राप्त भएको छ, विदेशी मुद्रा सञ्चितिमाथिको चाप नघट्दासम्म त्यसलाई निरन्तरता दिने सोँचमा राष्ट्र बैंक देखियो’, छलफलमा सहभागी एक बाणिज्य बैंकका सिईओले भने ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु