निर्वाचित सदस्यहरुको शपथ ग्रहण, राष्ट्रिय सभा

२०७८, २१ फाल्गुन शनिबार १३:३०

काठमाडौं : राष्ट्रिय सभामा निर्वाचित सदस्यहरुको शनिबार शपथ ग्रहण भएको छ। राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यले शपथ ग्रहण गरेका छन्।

गत माघ १२ गते सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेसका ६, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का पाँच/पाँच तथा नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक/एकजना निर्वाचित भएका थिए।

जयन्तीदेवी राई, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, सोनाम गेल्जेन शेर्पा, मोहम्मद खालिद, कृष्णप्रसाद पौडेल, कमला पन्त, गोमादेवी तिमिल्सिना र भुवनबहादुर सुनारले शपथ ग्रहण गरेका छन्।

यस्तै, सुरेशकुमार आले मगर, राजेन्द्रलक्ष्मी गैरे,  तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, दुर्गा गुरुङ, उदयबहादुर बोहरा, नरबहादुर विष्ट, मदनकुमारी शाह (गरिमा), जगतबहादुर पार्की र नारायणदत्त मिश्रले शपथ लिएका छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु