सम्बन्ध जोगाउन आफन्तलाई झुक्किएर पनि सोध्न नहुने कुराहरु

२०७८, २२ माघ शनिबार १९:१८

काठमाडौं: हामी समाजमा बाँच्छौं, समाजमा रमाउँछौं । समाजभन्दा अलग भएर जीवन व्यतित गर्न कठिन मात्र होइन, असंभव छ । त्यसैले एकअर्कासँग घुलमिल भएर बसेपछि हामीले सामाजिक मूल्य र मान्यतालाई पनि ख्याल राख्नैपर्छ । स्वभाविक चाहि के भने, समाजमा बसेपछि छिमेकी वा चिनेजानेका आफन्त, साथीभाईप्रति चासो रहन्छ । उनीहरुको जीवनशैली, प्रवृत्तिको कुनै न कुनै प्रभाव हामीमा रहन्छ । त्यस हिसाबले आफन्त, छिमेकी, चिनेजानेका साथीभाईबारे प्रतिक्रिया जनाउनु, टिकाटिप्पणी गर्नु मानविय स्वभाव नै हो । तर, यसलाई कुन हदसम्म लिने ? यसबारे भने हामीले सोच्नैपर्छ ।

कतिपय यस्ता कुरा हुन्छन्, जसबारे हामीले अनावश्यक चियोचर्चा गर्नु राम्रो हुँदैन । खासगरी मानविय हिसावले । अरुको आत्मसम्मानमा ठेस पुग्ने किसिमको कुरामा हामीले प्रश्न उठाउन मिल्दैन । अतः यहाँ त्यस्तै केही कुरा उल्लेख गरिएको छ, जो आफन्त, छिमेकीलाई भुलेर पनि सोध्नुहुँदैन ।

१. छोरीको बिहेका कुरा : यदी कसैको घरमा बिहे गर्न लायक छोरी छ भने बुबा आमासंग छोरीको बिहे कहिले गर्ने ? किन छोरीको बिहे नगरेको जस्ता कुरा प्राय सुन्ने गरिन्छ । तर, यी कुराहरु तपाईलाई सामन्य लागे पनि उनीहरुलाई नराम्रो लाग्न सक्छ । तपाईलाई जति चिन्ता छ, उनीहरुलाई त्यती नै धेरै हुन्छ । किनकि आजको समयमा छोरीहरु आफ्नो खुट्टामा आफै उभिनु जरुरी हुन्छ । यो कुरा सबै आमा बुबाहरुले बुझेका हुन्छन् । त्यसकारण आफ्नो छोरीलाई चाँडै बिहेको लागी बाध्य बनाउन चाहदैन्न ।

२. गुड न्युजको कुरा : बिहे गरेको एक बर्ष नबित्दै प्राय आफन्तहरुबाट एउटै प्रश्न सुन्ने गरिन्छ गुड न्युज कहिले सुनाउने हो ? जुन एक व्यक्त्तिको एकदमै निजी कुरा हो । जसको प्लानिङको अधिकार सिर्फ श्रीमान श्रीमतीको मात्र हुन्छ । प्रेग्नेन्सी हुनु एउटा यस्तो स्टेज हो, जसले सबैलाई खुशी दिन्छ । तर, अहिलेको बदलिदो समय र फरक जिवनशैलीको कारण निःसन्तान हुनेको संख्या बढिरहेको छ । हुन सक्छ, उनिहरु यो समस्या बाट गुजि्ररहेका छन् । र उनिहरु पहिले देखि नै तनावमा छन् । उनिहरुलाई यस्ता खालको पटक -पटक सोधिने प्रश्नबाट झन तनाव हुन सक्छ, त्यसैले यो बिषयमा धेरै प्रश्न नगर्नु राम्रो हुन्छ ।

३.आम्दानीको बाटो : घरमा कसले कति कमाउँछन् ? यो कुरा आफन्तहरुलाई एकदमै कौतुहल हुन्छ । छोरा छोरीको कति तलव छ घरका अरु सदस्यको कति तलव छ यी कुरा बाट परिवारको इन्कम कति हुन्छ भन्ने कुरा अन्दाज लगाउछन् । ताकी अरुसगं तुलना गर्न सकियोस् । आफ्नो बच्चासंग तुलना गर्न सकियोस् र सबैको अगाडि भन्न सकियोस् । कि कसको बच्चाले धेरै कमाउँछ , कसकोबच्चा सफल छ ?

४. छोरा छोरीको जागिरको कुरा : तपाईको छोरा छोरी जागिर गर्छ कि घरमै बस्छ ? यस्ता प्रश्न प्राय आफन्तहरुले सोध्ने गर्छन् । उनिहरुलाई यस्ता कुरामा बढि नै चासो हुन्छ । हरेक आमा बुबाको सपना हुन्छ कि आफ्नो छोरा छोरीको हरेक सपना पुरा होस् , जे काम गरे पनि सफलता मिलोस् । आफ्नो छोरा छोरीको बारेमा कसैलाई यस्तो खालको प्रश्न सोधेको मन पर्दैन । त्यसैले, अरुलाई दुःख मिल्ने खालको कुरा नर्गनु नै बेस हुन्छ ।

५.रोमान्टिक या पर्सनल लाइफको कुरा : श्रीमान श्रीमतीे बिचको निजी कुरा सोध्नु कसैलाई आदत हुन्छ, यस्ता कुराहरुबाट उनिहरुलाई आनन्द मिल्छ । तर यस्ता कुरा सोध्नु राम्रो मानिदैन् । यस्ता प्रश्नको जवाफ दिन कसैलाई मन पर्दैन । कसैले कुरा मिलाएर टार्छन् वा कसैले हासेर टारिदिएलान् तर ति प्रश्नहरुले मनमा भने दिक्क पारिरहेको हुन्छ । कसैको व्यक्तिगत कुरालाई व्यक्तिगत नै बनिरहन दिनु पर्छ ।

६.बुहारीको माइतको कुरा : हृाम्रो समाज जति नै मोर्डन किन नहोस्, बुहारी प्रतिको सोच अहिले पनि उस्तै छ । उसको माइतको बारेमा जान्न सबै आफन्तलाई इच्छा हुन्छ । यसैले बेला मौका पर्ने बित्तिकै बुहारीतिरको माइति कस्ता छन्, उनीहरुको दिनचर्या कस्तो हुन्छ, कसरी कति कमाउछन् जस्ता कुराहरु सोध्ने बानी हुन्छ । मान्छेको मनको चासोले नै यी कुराहरु सोधिन्छ तर यस्ता कुराहरु सोध्नु हुदैन । यसले सम्बन्ध बिगार्छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु