मधेसी समाजको अगुवाईमा बिर्ताबजारक्षेत्र सरसफाई

२०७९, १८ मंसिर आईतवार ०८:२३

बिर्तामोड। नेपाल मधेसी समाज सेवा समिति बिर्तामोडले शनिवार सरसफाई तथा सचेतना कार्यक्रम गरेको छ ।

बिर्तामोड–३ बिर्ताबजारको दुर्गा मन्दिरबाट शुरु गरी बजार क्षेत्र हुँदै गोसलाइनदेखि अधुवा पुलसम्म सरसफाई गरिएको समितिका अध्यक्ष रामेश्वर मण्डलले बताए । सरसफाई कार्यक्रममा समितिका पदाधिकारी र सदस्यसंगै बिर्तामोड –३ का वडाध्यक्ष मदन बुढाथोकी, पूर्व वडाध्यक्ष भोजराज सिटौला , युवा समाजसेवी सजेश शिवाकोटी , समितिका सल्लाहकारहरु दिलिप सिंह , संजय शर्मा , उदय शाहलगायतले सहभागिता जनाएका थिए ।

वडाध्यक्ष बुढाथोकीको प्रमुख आतिथ्य र अध्यक्ष मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा विशेष आतिथ्य पूर्व वडाध्यक्ष सिटौला र युवा समाजसेवी शिवाकोटीको रहेको थियो । उपाध्यक्ष उमेश चौधरीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन महासचिव शम्भु शाहले गरेका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु