मासु खाँदा घाँटीमा अड्किएर चितवनका एकजनाको मृत्यु

२०७९, १८ आश्विन मंगलवार १६:१५

चितवन: मासु खाँदा घाँटीमा अड्किएर चितवनका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् ।

सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किए पछि क्षेत्रीलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज पुर्‍याइएको थियो । क्षेत्रीको पुरानो मेडिकल कलेज पुर्‍याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु