नेपालले चीनलाई साथ दिने विश्वास

२०७९, १९ श्रावण बिहीबार ०८:२९

काठमाडौँ: नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनको स्वतन्त्र ताइवानविरुद्धको नीतिमा नेपालको समर्थन रहने विश्वास व्यक्त गरेकी छन् । बुधबार एक प्रेस वक्तव्य जारी गर्दै याङछीले नेपाल एक-चीन नीतिमा प्रतिवद्ध रहने विश्वास व्यक्त गरेकी हुन् ।
उनले चीन स्वतन्त्र ताइवानविरुद्ध रहेको र यसमा नेपालको पूर्ण समर्थन रहने बताएकी हुन् । यान्छीले नेपाल र चीनबीचको सम्बन्धको राजनीतिक आधार भनेको एक-चीन नीति रहेको उल्लेख गरेकी छन् । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी २४ लडाकु विमानसहित ताइवान पुगेपछि यान्छीको यस्तो धारणा आएको हो ।

‘हामी विश्वास छ कि नेपाल सरकार र नेपाली जनताले एक-चीन नीतिको पालना गरिरहनेछन् र चीनको वैध र न्यायसंगत अडानलाई बुझेर समर्थन गर्नुका साथै एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको रक्षा गर्न चीनसँग मिलेर काम गर्नेछन्,’ यान्छीले बताइन् ।

Comments

ताजा खबर