मुख्यमन्त्रीलाई सोध्यो निर्वाचन आयोगले २४ घन्टे स्पष्टीकरण

२०७९, २१ बैशाख बुधबार २२:२५

कैलाली: निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।

आयोगले आज भट्टलाई पत्र पठाई स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

यसैगरी आयोगले निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिने निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई पनि स्पष्टीकरण सोधेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु