निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर १७ थान बन्दुक नागिरकले बुझाए

२०७९, १२ बैशाख सोमबार १६:३५

पाल्पा १२, वैशाख । पाल्पामा आसन्न निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर नागरिकहरुले १७ थान विभिन्न प्रकारका बन्दुक र पाँच सय ४२ थान गोलीहरू बुझाएका छन् । पाल्पाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र थापाले दिएको जानकारी अनुसार बोर नाले बन्दुक, नाले टोटा बन्दुक र बारे राइफलका ५ सय ४२ वटा गोली समेत बुझाइएको हो ।

इजाजत प्राप्त भए पनि शान्ति सुरक्षालाई ध्यानमा राखी  जिल्ला प्रशासन कार्यालय पाल्पाले हात–हतियार बुझाउन सार्वजानिक सुचना जारी गरेकाे थियाे ।

Comments

ताजा खबर