जोशी अस्पतालबाट १० दिनको उपचार पश्चात डिस्चार्ज

२०७९, ११ बैशाख आईतवार २०:२०

काठमाडौं: एक सय दुई बर्षीय वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशी किष्ट शिक्षण अस्पतालमा बैशाख १ गते भर्ना भई १० दिनको उपचार पश्चात आज अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई पिसाब सम्बन्धी संक्रमण, मुटुको चाल सम्बन्धी र श्वास प्रश्वास नलीको फाइव्रो ब्रोङ्किएक्टेसिस सम्बन्धी समस्याका कारण अस्पतालमा भर्ना भएका थिए । उनको उपचार २ दिन आई.सि.यु केयरमा राखी बाँकी ८ दिन डिलक्स क्याबिनमा राखी उपचार गरिएको थियो ।

उनको उपचारमा प्रा. डा. मिलेश जंग सिजापति तथा प्रा.डा.राम भक्त कोजुको संयुक्त नेतृत्वमा विभिन्न बिधाहरुका चिकित्सकहरु संलग्न रहेको अस्पतालले जनाएको छ । हाल उनको पिसाबको संक्रमण नियन्त्रणमा आएको, मुटुको चाल स्थिर रहेको र श्वास प्रश्वासमा सुधार आएका कारण उपचारमा संलग्न चिकित्सक टोलीको राय बमोजिम डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

डिस्चार्ज पश्चातको फलोअप उपचार वहाँको निवासबाटै गर्न सकिने र आवश्यक परेको खण्डमा निवासमै पनि मेडिकल सपोर्ट उपलब्ध गराइने अस्पतालले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु