सामाजिक सञ्जालबाट बाहिरिइन् अभिनेत्री सुष्मा कार्की

२०७८, २५ चैत्र शुक्रबार ११:०१

काठमाडौं । अभिनेत्री सुष्मा कार्की सामाजिक सञ्जालबाट पूर्ण रुपमा बाहिरिएकी छन् । सामाजिक सञ्जालबाट टाढा हुने भन्दै पोस्ट गरेका सबै तस्वीर उनले डिलेट गरेकी छन् ।

फेसबुकले आधिकारिक खाताको रुपमा पुष्टि गरेको उनको फेसबुक पेज र युजरनेम परिवर्तन भएपनि भेरिफाइड ब्याज चाहिं हटेको छैन । यसबारे कुरा गर्दा सुष्माले आफ्नो भेरिफाइड पेज अरुको चासोको विषय बन्न नसक्ने जवाफ दिएकी छन् ।

फेसबुक पेजमा तस्वीर राख्दा नेगेटिभ कमेन्ट बढी आउन थालेपछि उक्त पेज अरुलाई नै दिएको सुष्माको भनाइ । ‘म अहिले पूर्णरुपमा सामाजिक सञ्जालबाट बाहिर छु,’ उनले भनिन् ।

५७ हजार फलोअर्स रहेको इन्स्टाग्रामबाट सुष्माले सबै तस्वीर हटाएकी छन् । तर इन्स्टामा उनको भेरिफाइड एकाउन्ट कायमै छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु