दुर्गेश थापाको दृश्य ‘ए मेरो हजुर ४’बाट हटाइयो

२०७८, २४ चैत्र बिहीबार १७:२६

काठमाडौँ  –पल शाह प्रकरणलाई लिएर मोडल दुर्गेश थापा समेत चर्चामा छन् ।तर अहिले दुर्गेश थापाले प्रदर्शनको संघारमा रहेको ‘ए मेरो हजुर ४’मा पाएको स्क्रिन स्पेस पनि गुमाएका छन् । मुद्दा अहिले अदालतमा समेत विचाराधीन छ । निर्माण टिमले सम्भावित विवादलाई मध्येनजर गर्दै दुर्गेश थापाको गीत तथा दृश्य फिल्मबाट हटाएको जानकारी  छ ।

स्रोतका अनुसार फिल्ममा दुर्गेश थापाले -यापरको भूमिका निर्वाह गरेका थिए । फिल्मको सुरुवातका केही दृश्यमा दुर्गेशको उपस्थिति थियो तर फिल्मलाई असर नगरोस् भनेर निर्माण टिमले उनी देखिएका गीत तथा दृश्य सम्पादन गर्ने निर्णय गरेको हो ।

र्यापर जी–बबसँग अभिनेता अनमोल केसी 

निर्माण टिमले हालसालै मात्र उनको ठाउँमा निर्माण टिमले जी–बब नामले चिनिने -यापर सुदीप भण्डारीको स्वर राख्ने निर्णयसहित गीत रेकर्ड गराइसकेको छ । आजभोलि नै सार्वजनिक हुन लागेको गीतको शब्द, संगीत तथा स्वर जी–बबकै रहेको छ । उनको स्वर रहेको ‘मिलेन लेभल तेरो बाऊ बोला’ पपुलर कल्चरमा सामेल भइसकेको छ ।

निर्माण टिमले सुटिङको बीचमा दुर्गेश थापालाई भित्र्याएको जानकारीसँग फोटो सार्वजनिक गरेको थियो । तर ताजा विवादका कारण उनलाई हटाउन निर्णय गरेको हो ।

निर्माता सुनिलकुमार थापाले वर्तमान परिस्थितिलाई ध्यान दिंदै दुर्गेशको दृश्य हटाइएको बताए ।‘कसैलाई चित्त दुखाउने हाम्रो उद्देश्य होइन, अहिलेको परिस्थितिलाई ध्यान दिंदै दृश्यलाई हटाएका हौं । त्यो भाग हटाउँदा पनि कथामा असर पर्ने देखिएन,’

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु