काठमाडौं: नेकपाएमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन दुई दिनको खेल रहेको बताउनु भएको। प्रगतिशील इन्जिनियर्स एशोसिएसन नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतको परमादेशबाट बनेको पाँच दलीय गठबन्धन दुई दिनको खेल भएको आरोप लगाउनु भयो ।
‘पाँच दलीय गठबन्धन भन्नुहुन्छ नि यो दुई दिनको केटाकेटीको खेल हो । अदालतले ल्याएर जोडजाम गरिदिएको पुतली हो । टालाटुली बाटुल कति राम्रा पुतली भने जस्तै हो । यी टालाटुली बटुलेका पुतलीहरू राम्रो पनि छैनन् । टाला पनि मिलाएर बनाउन जानेका छैनन्,’ ओलीले भन्नुभयो ।
पाँच दलीय गठबन्धन भ्रमको खेती भएको उहाँको आरोप छ । स्थायी कुरा सत्य हुने भन्दै ओलीले भन्नुभयो, ‘स्थायी कुरा जनताको आदेश हो । जनताको आदेश के थियो र के आउँछ भन्ने कुरा आगामी निर्वाचनले देखाउँछ ।’