देउवा भारतीय जनता पार्टी मुख्यालयमा किन ?

२०७८, २१ चैत्र सोमबार १६:१३

काठमाडौं: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भारत भ्रमणकाे क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय जनता पार्टी (भाजपा)को मुख्यालयमा जानु उचित नभएकाे बताएका छन् ।

आफू पनि प्रधानमन्त्री भइसकेकाले एउटा प्रधानमन्त्रीले देशकाे प्रतिनिधि भएर बीजेपीकाे मुख्यालयमा जानु ठीक हाेइन र मलाई उचित लागेन,’ सोमबार विराटनगरमा पत्रकारसँगकाे कुराकानीमा उनले भने, ‘पार्टीगत रूपमा गइएकाे हाे भने उहाँ कांग्रेसकाे सभापति हाे; जानै पर्‍यो तर यदि तपाईं देशकाे प्रतिनिधि भएर जानुभएकाे हो भने त्यसलाई ध्यानमा राख्नुपर्छ ।’
अध्यक्ष नेपालले स्थानीय तहकाे चुनावमा गठबन्धन हुनुमा सबैकाे ‘विन-विन’काे कुरा भएकाे बताए । ‘एउटै पार्टी र व्यक्ति सबै ठाउँमा बलियाे छैन र चुनावमा एक भाेटले पनि हार र जीत हुने भएकाले कसैले दम्भ नदेखाए हुन्छ,’ उनले भने, ‘३५ हजार भाेट अन्तरले जीत सुनिश्चित भएका उम्मेदवार पराजित भएकाे बिर्सिनु हुँदैन र याे फूर्ति नलगाउनु राम्राे हुन्छ ।’

सबैले आ-आफ्ना विष्लेशण र स्टिमेट गरेर दाबी राखिसकेपछि हरेक पक्षलाई केलाएर गठबन्धनमा सबैले मान्ने आधार तयार गरेर छलफल गर्नुपर्ने नेपालकाे भनाइ थियाे । ‘गठबन्धनमा मिल्दा वडासम्म नै हुन्छ,’ उनले भने, ‘माधव नेपाल एमालेकाे नेता हुँदा दुईवटा महानगर जितेकाले ती क्षेत्र अहिले पनि हाम्रै हाे ।’ तर कांग्रेसमा जबरजस्त रूपमा गठबन्धन गर्ने र नगर्ने दुई धार रहेकाले गठबन्धन गर्न नचाहनेलाई एक्लै चुनावमा उठ्न दिनुपर्ने नेपालले बताए । गठबन्धन गरेर जान चाहनेहरूलाई सँगै लिएर जानुपर्ने उनकाे तर्क थियाे ।

उनले मुलुकमा प्राप्त सबै परिवर्तनविराेधी एमाले अध्यक्ष केपी ओली सबैलाई घाँडाे भएकाे सुनाए । ‘यसपालीकाे चुनावमा सबै परिवर्तनकारी शक्तिहरू परिवर्तनविराेधीका विरूद्ध एकजुट हुनुपर्छ,’ उनले भने, ‘बामपन्थकाे बर्काे ओढेका अधिनायकवादीहरूलाई यसपालिकाे चुनावमा परास्त गर्नै पर्छ ।’

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु