मन्त्रीहरूले दिए सामूहिक राजीनामा

२०७८, २१ चैत्र सोमबार १०:०९

काठमाडौं: श्रीलंकाका सबै मन्त्रीहरूले सामूहिक राजीनामा गरेका छन् । मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएका हुन् । प्रधानमन्त्री महिन्द राजपक्ष र उनका दाई राष्ट्रपति गोटाबय राजपक्षले भने राजीनामा गरेका छैनन् ।

श्रीलंका दशकौँ यताकै सबैभन्दा चरम आर्थिक सङ्कट व्यवस्थापन प्रति असन्तुष्ट सर्वसाधारणहरूको प्रदर्शन गरिरहेका छन् । श्रीलंका सन् १९४८मा स्वतन्त्र भएयताकै खराब आर्थिक सङ्कटसँग जुझिरहेको छ ।

श्रीलंकाका शिक्षामन्त्रीले आइतवार मन्त्रीपरिषद् सदस्यहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको बीबीसीले जनाएको छ । राजीनामा गर्नेमा प्रधानमन्त्रीका छोरा पनि छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु