परमाणु पावर प्लान्टमा आगो

२०७८, २० फाल्गुन शुक्रबार १२:५०

लन्‍डन: युक्रेनको परमाणु पावर प्लान्टमा लागेको आगो नियन्त्रणमा आएको छ ।

रुसी आक्रमणका कारण प्लान्टमा रहेको पाँच तले तालिम केन्द्र रहेको भवनमा आगो लागेको युक्रेनले जनाएको छ ।

आगलागीले प्लान्टमा कुनै नोक्सानी नगरेको बताइएको छ ।

युक्रेनको आपत्कालिन सेवाका अधिकारीलाई सुरुमा आगलागी भएको स्थानमा जान दिइएको थिएन । पछि उनीहरुलाई प्रवेश दिएपछि आगो नियन्त्रणमा आएको थियो ।

घटनामा कोही पनि हताहता नभएको युक्रेनको आपत्कालिन सेवाले जनाएको छ ।

आगलागी भएपछि युक्रेनका राष्ट्रपति भोलोदोमीर जेनन्स्कीले ट्वीटर मार्फत रुसले प्लान्टमा आक्रमण गरेको जनाएका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु