तिन दिनमा ११४ अंक घट्यो नेप्से परिसुचक अब के गर्ने ?

२०७८, २० फाल्गुन शुक्रबार १२:४३

काठमाडौँ: यो साता सेयर बजार जम्मा ३ दिन मात्रै खुल्यो । मंगलबार शिवरात्रिका कारण सार्वजनिक विदा परेको थियो भने बिहीबार ल्होसारको विदा दिइएको थियो । तीन दिन खुलेको बजार सबै दिन घटेको छ ।
पहिलो दिन आइतबार परिसूचक नेप्से ७‍‍.७ अंकले घट्यो । सोमबार थप ४३.१० अंकले घट्यो भने बुधबार ६३.५ अंक घट्यो । साताभर कुल ११४ अंकले बजार घटेको छ । कारोबार रकममा पनि शिथिलता आएको छ । आइतबार ३ अर्ब २७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ३ अर्ब ६६ करोड र बुधबार ३ अर्ब ६२ करोडको कारोबार भयो ।
पछिल्लो समय बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको हाहाकार नै भएपछि बजारको परिसूचक निरन्तर ओरालो लागेको छ । समग्र एक महिनामा परिसूचक ३२९ अंक घटिसकेको छ । राष्ट्र बैंकले एकपछि अर्को व्यवस्था गर्दै तरलता अभाव र विदेशी मुद्रा सञ्चितिको अवस्था सुधार गर्न खोजेपनि प्रभावकारी हुन सकेको छैन । जसले गर्दा बजार अझै केही घट्ने सक्नेछ ।

उपसमूहगत रुपमा हेर्दा यो साता उत्पादन उपसमूह सबैभन्दा धेरै ६.५९ प्रतिशतले घट्यो । फाइनान्स र जीवन बीमा उपसमूह पनि ६ प्रतिशतले घटे । होटल तथा पर्यटन उपसमूहको गिरावट भने यो साता सम्हालिएको छ । जम्मा २.१८ प्रतिशतले सो उपसमूह घटेको छ । कारोबार रकमका आधारमा कम्पनीहरूलाई हेर्दा नेपाल टेलिकम, अरुणभ्याली हाइड्रोपावर, अपी पावर, नेसनल हाइड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीहरू अगाडि रहे ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु