किसानलाई तत्काल मल, बीउ उपलब्ध गराउन केन्द्रीय संघको मन्त्रीलाई ध्यानाकर्षण

२०७८, २० फाल्गुन शुक्रबार १०:२४

काठमाडौं नेपाल कृषि सहकारी केन्द्रीय संघ नेपालले किसानलाई तत्काल माल, बीउ उपलब्ध गराउन केन्द्रीय संघले मन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।

फाइल फोटो

यस संघले आफ्ना सदस्य संस्थाहरूमार्फत सदस्य किसानहरूलाई सीप, क्षमता र व्यावसायिक अभ्यासका लागि सहयोग प्रदान गर्दै आएको छ । यसैगरी संघमा आबद्ध रहेका संस्थाहरूले पनि आफ्ना सदस्य किसानहरूलाई विभिन्न प्रकारका सेवाहरू प्रदान गर्दै कृषि तथा पशुजन्य उत्पादन तथा उत्पादकत्व बढाउन सहयोग गर्दै आएको छ ।
हामीले लामो समयदेखि ग्रामीणतहका किसानहरूलाई कृषि र पशुपालनमा संलग्न गराई उनीहरूको आर्थिक, सामाजिक, सचेतनाको विकास गर्न सहयोग गरिरहेका छौं । यसै समयमा विगत केही वर्षदेखि नेपाल सरकारले मल, बीउलगायत किसानका लागि आवश्यक अन्य कुराहरूको सहज उपलब्धता गराउन नसक्दा अहिले पनि किसानहरू मारमा परिरहेका छन् ।
सरकारले सहकारी संस्थामार्फत मल, बीउ किसानहरूलाई प्रदान गर्ने योजना र कार्यक्रम अगाडि सारेसँग उत्साहित भएका सहकारी संस्था, सञ्चालक र किसानहरू अहिले सहकारीमा मल, बीउ प्राप्त नहुँदा दुखी भएका छन् ।
यसैगरी नेपालको तराई क्षेत्रमा विभिन्न हिंसात्मक समूहको तारो सहकारी संस्था बनिरहेका छन् । अहिले सहकारी संस्थालाई सरकारले मल बीउ उपलब्ध गराउन नसकेको अवस्थामा सहकारीले मल बीउ दिन सकेन भन्ने सन्देश फैलाएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
साथै सहकारी संस्था एउटा माध्ययम मात्र भएको पनि सबैमा जानकारी गराउन चाहन्छौं । सहकारी संस्था आफैं बीउ र मल उत्पादन गर्ने र बिक्री गर्ने कार्यमा संलग्न नभएको भन्दै सरकारले मल बीउ उपलब्ध गराउन नसकिरहेको अवस्थामा संस्थामा आउने, सदस्य किसानहरूलाई भड्काउने कार्य कदावी स्वीकार्य छैन । यसप्रति नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालय, प्रदेश सरकार र स्थानीय सरकारको ध्यानाकर्षणसमेत गराउन चाहन्छौं ।
जो जसले अहिले सहकारीले मल, बीउ दिन सकेन भनेर प्रचार गर्ने कार्य गर्नुभएको छ र संस्था एंव सदस्यहरूलाई हतोत्साहित बनाउने कार्य गरेको छ उनीहरूलाई सरकारले पनि सचेत गराउँदै त्यसो नगर्न जानकारी गराओस् भन्ने हामी चाहन्छौं ।
नेपाल कृषि सहकारी केन्द्रीय संघ नेपालले ७५ वटा जिल्लामा सञ्जाल विस्तार गरेको छ । यसको ११ सयभन्दा बढी सहकारी संस्था र करिब ४० लाखभन्दा बढी सदस्य रहेको केन्द्रीय संघ हो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु