यस्तो प्राकृतिक उपचार केन्द्र, सिंगा तातोपानी कुण्ड

नेपालको म्याग्दी सदरमुकाम बेनीबाट ८ किमी टाढा एउटा यस्तो प्राकृतिक उपचार केन्द्र अवस्थित छ जसको नाम सिंगा तातोपानी कुण्ड भनेर जानिन्छ। अजिब किसिमको बिरे नुनको गन्द आउने तातो पानी कसैले तयार पारिएको पक्कै पनि होइन तर यो चमत्कारी शक्ती जमिन भित्रबाट निस्कीएको हो ।

तातो पानीमा सल्फरको मात्रा पाइन्छ र यस पानीले रोगको किटानुलाई मार्दो रहेछ जसको तापक्रम ४८ डिग्री सेल्सिएस छ । यहा मानिसहरु देशका विभिन्न ठाउँबाट आफ्नो शरीरको रोग निको पार्न आउने गर्दछन । एउटै कुण्डमा डुब्दा पनि एक विरामीमा भएको रोग अर्कोलाई सर्दैन भन्ने जानकारी पनि तातोपानी व्यवस्थापकहरुले स्कटनेपालको बिशेष कुराकानीमा जानकारी गराउनु भयो ।

तातो पानी कुण्डको मुनी बगी रहेको सोस्साई रहेको म्याग्दी काली नदीको हावाले निकैनै मौसमलाई थप चिस्यारहेको हुन्छ। वरी परीको बातावरण एकदमै मन मोहक हुन्छ तर बिरामीहरुलाई यसको कुनै प्रवाह नपरी कुण्डमा डुबिरहेका हुन्छन। गहिरो कुण्डमा पुरुष र महिलाहरु फरक फरक समयमा डुबुल्की मारी रहेका देखिन्छन ।

आगोमा पानी तताउदा उब्लेको तातो पानी बाट निस्किरहेको बाफ जस्तै कुण्डबाट तातो बाफ उडिरहेको हुन्छ । महिला र पुरुषहरु कुण्डको पानी भित्र मज्जाले डुबी रहेका छन् उनीहरुको अनुहारबाट पसिनाको धारा बगिरहेको देखिन्छ उनीहरुलाइ हेर्दा खेरी पानीमा होइन चर्को घामको तापमा बसीरहेका छन् ।

केही बेर कुण्डको तातो पानीमा बसी सके पछी बिरामीहरु कुण्डबाट बाहिर निस्कन्छन् र टाउको ढाकेर गुफ्फिन्छन् । जब उनीहरुले कम्वलबाट शरीर देखाउँछन्, उनीहरुको शरिरवाट पसिनाको बगिरहेको हुन्छ । यस्तो लाग्छ की जब पसिनाका धारा शरीरबाट बग्न सुरु हुन्छ उनिहरुको रोग पनि संग संगै पखालीरहेको छ जस्तो ।

लडेर शरिरको तल्लो भाग नै नचल्ने खालका बिरामीहरु बिभिन्न् हस्पिटल हरुमा लाखौ खर्च गरी निको न हुदा यसै कुण्डमा आएर निको भएर फर्किन्छन। कुण्डमा ३५ दिन भन्दा बढि समय लगातार डुब्ने बिरामी हरु हिडेर घर फर्किने कर्म पनि जारी छ । हस्पीटलमा करोडौं खर्च गरेर पनि निको नभएको रोग यहा आएपछि निको भएको देखिन्छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago