यस्तो प्राकृतिक उपचार केन्द्र, सिंगा तातोपानी कुण्ड

नेपालको म्याग्दी सदरमुकाम बेनीबाट ८ किमी टाढा एउटा यस्तो प्राकृतिक उपचार केन्द्र अवस्थित छ जसको नाम सिंगा तातोपानी कुण्ड भनेर जानिन्छ। अजिब किसिमको बिरे नुनको गन्द आउने तातो पानी कसैले तयार पारिएको पक्कै पनि होइन तर यो चमत्कारी शक्ती जमिन भित्रबाट निस्कीएको हो ।

तातो पानीमा सल्फरको मात्रा पाइन्छ र यस पानीले रोगको किटानुलाई मार्दो रहेछ जसको तापक्रम ४८ डिग्री सेल्सिएस छ । यहा मानिसहरु देशका विभिन्न ठाउँबाट आफ्नो शरीरको रोग निको पार्न आउने गर्दछन । एउटै कुण्डमा डुब्दा पनि एक विरामीमा भएको रोग अर्कोलाई सर्दैन भन्ने जानकारी पनि तातोपानी व्यवस्थापकहरुले स्कटनेपालको बिशेष कुराकानीमा जानकारी गराउनु भयो ।

तातो पानी कुण्डको मुनी बगी रहेको सोस्साई रहेको म्याग्दी काली नदीको हावाले निकैनै मौसमलाई थप चिस्यारहेको हुन्छ। वरी परीको बातावरण एकदमै मन मोहक हुन्छ तर बिरामीहरुलाई यसको कुनै प्रवाह नपरी कुण्डमा डुबिरहेका हुन्छन। गहिरो कुण्डमा पुरुष र महिलाहरु फरक फरक समयमा डुबुल्की मारी रहेका देखिन्छन ।

आगोमा पानी तताउदा उब्लेको तातो पानी बाट निस्किरहेको बाफ जस्तै कुण्डबाट तातो बाफ उडिरहेको हुन्छ । महिला र पुरुषहरु कुण्डको पानी भित्र मज्जाले डुबी रहेका छन् उनीहरुको अनुहारबाट पसिनाको धारा बगिरहेको देखिन्छ उनीहरुलाइ हेर्दा खेरी पानीमा होइन चर्को घामको तापमा बसीरहेका छन् ।

केही बेर कुण्डको तातो पानीमा बसी सके पछी बिरामीहरु कुण्डबाट बाहिर निस्कन्छन् र टाउको ढाकेर गुफ्फिन्छन् । जब उनीहरुले कम्वलबाट शरीर देखाउँछन्, उनीहरुको शरिरवाट पसिनाको बगिरहेको हुन्छ । यस्तो लाग्छ की जब पसिनाका धारा शरीरबाट बग्न सुरु हुन्छ उनिहरुको रोग पनि संग संगै पखालीरहेको छ जस्तो ।

लडेर शरिरको तल्लो भाग नै नचल्ने खालका बिरामीहरु बिभिन्न् हस्पिटल हरुमा लाखौ खर्च गरी निको न हुदा यसै कुण्डमा आएर निको भएर फर्किन्छन। कुण्डमा ३५ दिन भन्दा बढि समय लगातार डुब्ने बिरामी हरु हिडेर घर फर्किने कर्म पनि जारी छ । हस्पीटलमा करोडौं खर्च गरेर पनि निको नभएको रोग यहा आएपछि निको भएको देखिन्छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago