नेप्सेले गर्‍यो डाउनट्रेन्ड लाईनलाई ब्रेक आउट

२०७८, २० पुष मंगलवार ०६:००

सोमबार ३२.०३ बिन्दुले बढेर नेप्से १.२४% वृद्धिकासाथ २६१६.९४ पुगेको हो। कारोबार भएका २३० कम्पनी मध्ये १४९ कम्पनी उकालो लागेका छ्न्‌, ४१ कम्पनी ओरालो लागेका छ्न्‌।

कारोबार भएका तेह्र उप-समुहमध्ये १२ उप-समुहको सेयर मुल्य उकालो लागेका छ्न्‌ भने एक उप-समुहको सेयर मुल्य ओरालो लागेको छ।

बजार पूँजीकरण रु ३६ खर्ब ९६ अर्ब बराबर पुगेको छ।

१. बोलिन्जर ब्याण्ड

बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाँउछ (आज को फरकः ३४३.८९)  जसले बजारमा भोलाटाइलिटी आज बढेको इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड (२४७४.४४) भन्दा माथि क्लोज भएको छ । आगामी दिनमा नेप्सेले अपर ब्याण्डको रेजिस्टेन्सलाई टेष्ट गर्ने देखिन्छ।

२.  मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

­­

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले  एमएसिडी लाइन जिरो लाइन भन्दा मुनी रहेको छ भने सिग्नल लाईन पनि जिरो लाइन भन्दा मुनी रहेको देखिन्छ । हिस्टोग्राम २८.७३ अकंमा रहेको छ । एमएसिडी लाईन (-२३.६२) अंक बाट बढेर (-१३.३९) अंकमा आएको छ। सिग्नल लाईन बढेको देखिएको छ । एमएसिडी लाइन बढेको छ र जसले बजारमा खरिद कर्ता हावि भएको जनाउँछ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरले +१४ डिएमआई लाइन बढेको देखिएको छ भने -१४ डिएमआई लाइन र एडिएक्स लाईन पनि घटेको देखिएको छ। +१४ डिएमआई लाइन बढेको छ जसले बजारमा बाईङ् मोमेन्टम बढेको जनाउँछ।

४. क्यान्डलस्टिक

आज नेप्सेले ग्रीन बडी क्यान्डलस्टिक बनाएको छ जसले बाइङ मोमेन्टम बढेको संकेत गर्दछ ।

Comments

ताजा खबर