फर्किने बेलामा के भनेर गए अमेरिकी राजदूत

२०७९, १७ आश्विन सोमबार ०७:३१

काठमाडौँ: अमेरिकी राजदूत र्‍यान्डी बेरी आइतबार स्वदेश फर्किएका छन् । नामिबियाका लागि नयाँ अमेरिकी राजदूतमा सिफारिस भएपछि नेपालबाट बेरी स्वदेश फर्किएका हुन्। चार वर्षे कार्यकाल सकाएर उनी फर्किएका हुन् ।

नेपालबाट फर्कने क्रममा उनले नेपालबाट निकै सद्भाव र सत्कारका पाएको समेत उल्लेख गरेका छन्। उनले नेपालको भविष्यका विषयमा आफू निकै आशावादी रहेको पनि बताएका छन्।

‘मेरो जीवनकथामा एउटा अध्याय नेपाली र अमेरिकीको सम्बन्धको इतिहासको बारेमा पनि समावेश हुने सौभाग्य प्राप्त गरेकोमा अत्यन्तै कृतज्ञ छु । मैले यहाँहरूबाट व्यक्तिगत रूपमै अनुभव गर्न पाएको माया, सद्भाव र सत्कारका क्षणहरूका लागि सदैव आभारी रहनेछु,’ उनले भनेका छन्‚’ यो देशको भविष्यका विषयमा म अत्यन्तै आशावादी छु किनभने मैले यहाँका नागरिकहरू, भूभाग, विश्वास र संस्कृतिलाई अत्यन्तै राम्ररी बुझ्ने सुअवसर प्राप्त गरेको छु।’

बेरी फर्किएसँगै नेपालका लागि नयाँ अमेरिकी राजदूतमा डिन थम्सन आउने भएका छन् । थम्सनले शुक्रबार वासिङ्टन डिसीमा पदको शपथसमेत लिइसकेका छन्। दूतावासका अनुसार नवनियुक्त राजदूत थम्सन केही दिनमा काठमाडौं आउनेछन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु